काठमाडौं- नेपाल जनस्वास्थ्य संघमा बसन्त अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएका छन्। संघको शनिबार मतदान भएको थियो। निर्वाचनमा पेशागत र प्रगतिशील गरी दूई समूह चुनावी मैदामा होमिएका थिए।
अन्तिम मतपरिणाम अनुसार १५ सदस्यीय कार्यसमितिमा अध्यक्ष र दुई जना सदस्य प्रगतिशील समूहका उम्मेदवारले जितेका छन्। भने बाँकी रहेका सबै पदमा पेशागत समूहका उम्मेदवारले जितेका छन्।
प्रगतिशिल समूहका अधिकारीले पेशागत समूहका महेश्वर श्रेष्ठलाई २७ मतले पछि पार्दै अध्यक्षमा जित हासिल गरेका हुन्। अधिकारीले ५९२ मत ल्याएका छन् भने श्रेष्ठले ५६५ मत ल्याएका छन्। यस्तै अध्यक्षमा उम्मेदवारी दिएर पछि श्रेष्ठलाई समर्थन गरेका कृष्णमान शाक्यको पनि १९ मत आएको छ।
यस्तै, महासचिवमा पेशागत समूहका सागर दाहाल निर्वाचित भएका छन्। दाहालले प्रतिस्पर्धीभन्दा १२० मत बढी ल्याएर जित हासिल गरेका छन्। दाहालको ६४६ मत आएको छ भने उनका प्रतिस्पर्धी कैलाश खाकी श्रेष्ठको ५२६ मत आएको छ।
यसैगरी, उपध्यक्षमा पेशागत समूहकी विमला भट्ट विजयी भएकी छन्। उनले आफ्नो प्रतिस्पर्धी रहेका सुदर्शन पौडेलले भन्दा २९२ मत बढी ल्याएकी छिन्। भट्टको ७२७ मत आउँदा पौडेलले ४३५ मत आएको छ।
यस्तै, कोषाध्यक्षमा पेशागत समूहका चेतराज पण्डित विजयी भएका छन्। पण्डितको ६२२ मत आउँदा उनका प्रतिस्पर्धी डमरु पनेरुको ५०३ मत आएको छ। सचिवमा पेशागत समूहका रोशन लामा ७१९ मत र सह-कोषाध्यक्ष पेशागत समूहकै उमादेवी थापाले ५८६ मतका साथ विजयी भएका छन्।
पद | नाम | समूह |
अध्यक्ष | बसन्त अधिकारी | प्रगतिशील |
उपाध्यक्ष | बिमला भट्ट | पेशागत |
महासचिव | सागर दाहाल | पेशागत |
सचिव | रोशन लामा | पेशागत |
कोषाध्यक्ष | चेतराज पण्डित | पेशागत |
सहकोषाध्यक्ष | उमा थापा | पेशागत |
सदस्य | सुदिप चिलवाल | पेशागत |
| अञ्जना खड्का | पेशागत |
| प्रतिक खनाल | प्रगतिशील |
| बिञ्जोला श्रेष्ठ | पेशागत |
| बिजेश बस्नेत | प्रगतिशील |
| दयाकृष्ण पन्त | पेशागत |
| रामानन्द पण्डित | पेशागत |
| अम्बिका बानियाँ | पेशागत |
| रणधीर यादव | पेशागत |