काठमाडौं- पछिल्लो २४ घण्टामा ११६७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १२ हजार ६३२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो।
संक्रमितमध्ये ६१५ जना काठमाडौं उपत्यकाका छन्। काठमाडौंमा ४९१, ललितपुरमा ९९ र भक्तपुरमा २५ जना छन्। मन्त्रालयकी प्रवक्ता संगीता मिश्राका अनुसार पीसीआर टेष्टमा औषतमा संक्रमणदर ९.५ प्रतिशत पुगेको छ।
यही अवधिमा २२४ जना निको हुँदा २ जनाले ज्यान गुमाएका छन्। हाल देशभर ६ हजार ७५५ जना सक्रिय संक्रमित छन्।