काठमाडौं- सरकारले देशभर ८५ वटा अक्सिजन प्लान्ट स्थापना गरेको छ। आइबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयकी प्रवक्ता संगीता मिश्राले सो जानकारी दिएकी हुन्।
उनले ओमिक्रोनको बढ्दो संक्रमणलाई ध्यानमा राखि प्रदेशहरुमा जम्मा ८५ वटा अक्सिजन प्लान्ट स्थापना भइसकेको बताइन्। उनले ओमिक्रोनबाट बच्न खोप लगाउने, जनस्वास्थ्यको मापदण्ड पालना गर्ने गराउने नै रहेको बताइन्। मन्त्रालयले सही रुपमा मास्क लगाउन, भौतिक दूरी कायम गर्न, भीडभाडमा नजान, नगर्न पनि अनुरोध गरेको छ।
कसैलाई संक्रमण भएमा तुरुन्त आइसोलेशनमा बस्न पनि अनुरोध गरेको छ। नेपालमा हालसम्म २७ जनामा कोरोनाभाइरसको आमिक्रोन भेरियन्ट पुष्टि भएको छ। उनले ओमिक्रोन भेरियन्ट तीव्र रुपमा फैलिन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन आग्रह गरिन् ।