काठमाडौं- सरकारले कोरोना भाइरसको खोप लगाएको कार्ड अनिवार्य गरेको छ। कार्ड विना सार्वजनिक स्थलहरुमा प्रवेश निषेध हुनेछ। सरकारी कार्यालय, होटल, सपिङ कम्प्लेक्स, सिनेमाघर, रंगशाला, हवाई यात्रा गर्दा खोपकार्ड अनिवार्य गरिएको छ।
भ्याक्सिन लगाएको कार्ड मोबाइलमा देखाएपनि हुने कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र सीसीएमसीसीले जानकारी दिएको छ।