काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माताहतका कर्मचारीलाई तीन दिनभत्रि सम्पति विवरण बुझाउन पत्राचार गरेको छ। मन्त्रालयले माताहतका निकायलाई पत्र पठाउँदै विवरण उपलब्ध गराउन भनेको हो।
मन्त्रालयको पत्र अनुसार मन्त्रालय अन्तर्गतका विभाग, प्रतिष्ठान, केन्द्र, अस्पताल र परिषदहरुमा कार्यरत कर्मचारीहरु निजामति बाहेकका अस्थायी/स्थायी करार र ज्यालादारीमा कार्यरत कर्मचारीहरुले आर्थिक वर्ष २०७७/७८ को सम्पति विवरण बुझाउन भनिएको छ।