काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ। सोमबार गरिएको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको प्रधानमन्त्री देउवाको सचिवालले जनाएको हो।
बिहीबार र शुक्रबार बालुवाटारमा बसेको सत्तारूढ राजनीतिक समन्वय समितिको बैठकमा सहभागी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत नेतामा कोरोना संक्रमण देखिएपछि प्रधानमन्त्री देउवा होम आइसोलेसनमा बसेका थिए।
उक्त बैठकमा सहभागी रहेका सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्की पनि शनिबारदेखि होम आइसोलेसनमा थिए।
उनीहरू दुवै जनाको सोमबार पीसीआर परीक्षण गरेको सचिवालले जनाएको छ। देउवासँगै कार्कीको पनि परीक्षण रिपोर्ट नेगेटिभ आएको छ।