काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई कोरोना संक्रमण पुष्टि भएको छ।
मंगलबार आएको रिपोर्ट अनुसार उनीमा संक्रमण पुष्टि भएको उनको सचिवालयले जनाएको छ। उनको स्वास्थ्य अवस्था सामान्य रहेको र उनी आफ्नै निवासमा स्वास्थ्य लाभ लिइरहेको सचिवालयले जनाएको छ।
त्यसैगरी पार्टीका उपमहासचिव डा. विजय पौडेललाई पनि कोरोना संक्रमण पुष्टि भएको छ।