काठमाडौं– सुत्केरीको मृत्युपछि त्रिशुली अस्पताल नुवाकोटमा भएको तोडफोड तथा स्वास्थ्यकर्मीमाथीको आक्रमण प्रयासप्रति नेपाल चिकित्सक संघले ध्यानाकर्षण भएको जनाएको छ।
"विरामीको उपचारका क्रममा मृत्यु हुने घटनालाई अतिरञ्जित गरी लापरवाहीका कारण भनी स्वास्थ्य सेवा प्रवाहमा निरन्तर खटिरहेका चिकित्सक एवं स्वास्थ्यकर्मीहरुमाथी नै सांघातिक आक्रमण गर्ने जस्ता घटनाको जति भर्त्सना गरे पनि कमै हुन्छ।" संघका महासचिव डा बद्री रिजालद्धारा जारी विज्ञप्तिमा भनिएको छ, "स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमा उपचारका क्रममा सबैजनाको जीवन बचाउन सकिन्छ भन्ने हुँदैन। चिकित्सक तथा स्वास्थ्यकर्मीले आफ्नो क्षमता, योग्यता र अनुभवको आधारमा अधिकतम प्रयास गर्दा गर्दै पनि मृत्युलाई रोक्न सक्ने आदित्य क्षमता नहुने व्यहोरा स्मरण गराउँदै यस घटनाका दोषीहरुको छानबिन गरी कानूनी कारवाही गर्न स्थानीय सुरक्षा निकाय समक्ष
यस सघ जोडदार माग गर्दछ।"
नुवाकोटको विदुर नगरपालिका–७ की २७ वर्षीया महिलाको सोमबार राती सुत्केरी भएपछि अत्याधिक रक्तश्रावका कारण मृत्यु भएको हो। उनको मृत्युपछि आफन्तले अस्पताल तोडफोड गरेका थिए। आफन्तले लापरबाहीको आरोप लगाउँदै आएका छन्।