काठमाडौं- नेपालगञ्जको जमुनाहा नाकाको हेल्थ डेस्कमा खटिएका पाँच जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएको छ ।
भारतबाट नेपाल प्रवेश गरेकाहरुको कोरोना संक्रमण परीक्षण गर्न खटिएका उनीहरुमा पनि संक्रमण पुष्टि भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ। भारतमा संक्रमण तीव्र रुपमा बढेपछि नेपालगञ्ज नाकामा भारतबाट फर्केनेहरुको भिड छ।