काठमाडौं- सरकारले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालको प्रमुखमा डा गुणराज लोहनीलाई पठाएको छ। सरकारले १२औं तहका डा लोहनीलाई प्रमुखको जिम्मेवारी दिएको हो।
केही समयअघि सरकारले वीर अस्पतालको नयाँ दरबन्दी पारित गरेको थियो। जसमा वीर अस्पतालको नेतृत्व १२औं तहको प्रमुख रहने व्यवस्था गरिएको थियो।
स्वास्थ्य मन्त्रालय प्रशासन महाशाखाका अनुसार डा लोहनीलाई आज मंगलबार वीरको प्रमुखको जिम्मेवारी दिइएको हो।