काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औषधि व्यवस्था विभागको महानिर्देशक परिवर्तन गरेको छ। मन्त्रालयले विभागको महानिर्देशकमा भरत भट्टराईलाई ल्याएको छ।
महानिर्देशकमा रहेका नारायण ढकाललाई सरुवा गर्दै मन्त्रालयले भट्टराईलाई जिम्मा दिएको मन्त्रालय प्रशासन महाशाखाले जनाएको छ। महाशाखाका अनुसार ढकाललाई औषधि प्रयोगशालामा पठाइएको छ।