काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र र क्षयरोग केन्द्रको निर्देशक परिवर्तन गरेको छ।
मन्त्रालय प्रशासन महाशाखाका अनुसार राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रमा डा श्रीराम तिवारी आएका छन्। केन्द्रमा रहेका डा प्रकाश शाहलाई कर्णाली प्रदेशमा पठाइएको छ।
यस्तै राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रमा डा सञ्जय ठाकुर आएका छन्। केन्द्रमा रहेकी डा सुधा देवकोटालाई करागार अस्पतालमा पठाइएको छ।