काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कर्णाली स्वास्थ्य निर्देशनालयको निर्देशकमा डा प्रकाश शाहलाई पठाएको छ। राष्ट्रिय क्षयरोग केन्द्रमा रहेका शाहलाई निर्देशनालयमा सरुवा गरिएको प्रशासन महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार शाहलाई निर्देशनालयमा सरुवा गरेपछि निर्देशनालयमा रहेका डा रविन खड्कालाई वीर अस्पतालमा सरुवा गरिएको छ। यस्तै वीर अस्पतालमा रहेका डा सरोज शर्मालाई कान्ति बाल अस्पतालमा सरुवा गरिएको छ।
क्षयरोग केन्द्रमा डा श्रीराम तिवारीलाई पठाइएको मन्त्रालयले जनाएको छ। केन्द्रीय कारागार अस्पतालमा रहेका डा तिवारीलाई केन्द्रमा सरुवा गरेपछि उनको स्थानमा राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रकी डा सुधा देवकोटालाई पठाइएको छ। केन्द्रमा डा सञ्जय ठाकुरलाई ल्याइएको छ।