काठमाडौं- नेपाल मेडिकल काउन्सिलका अधिकांश कर्मचारी र पदाधिकारीमा कोरोना भाइरसको संक्रमण देखिएको छ। काउन्सिलका कर्मचारी र पदाधिकारीमा कोभिड पोजिटिभ देखिएपछि सेवा प्रभावित हुने भएको छ।
काउन्सिलका रजिष्ट्रार डा कृष्णप्रसाद अधिकारीका अनुसार आगामी १० दिनसम्मका लागि काउन्सिलले प्रदान गर्ने सेवामा केही ढिलाई हुने भएको हो।