काठमाडौंं- नोबेल मेडिकल कलेजका विद्यार्थीहरुजिल्ला प्रशासन कार्यालय मोरङमा बुधबार धर्ना दिएका छन्। एमबीबीएसमा भर्ना भएका अतिरिक्त शुल्क नबुझाउने नयाँ विद्यार्थीले धर्ना दिएका हुन्।
नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अखिल (क्रान्तिकारी), अनेरास्ववियू, समाजवादी विद्यार्थी यूनियन मोरङ र चिकित्सा शिक्षा विद्यार्थी आन्दोलन संघर्ष अभियानको सहयोगमा पीडित विद्यार्थीहरू नोबेल मेडिकलमा रिले अनशन र जिल्ला प्रशान कार्यालयको मूल गेटमा धर्ना बसेका छन्।
विद्यार्थीले बुधबारदेखि कलेज प्रशासनमा तालासमेत लगाएका छन्।