काठमाडौं– पूजा सिंहलाई मधेसी महिलाबाट पहिलो पटक प्रहरी नायव महानिरक्षिक (डीआईजी) मा बढुवा गरेर प्रशंसनीय काम गरेको डाक्टरहरूले बताएका छन्।
बुधबार गृहमन्त्री बालकृष्ण खाणलाई मन्त्रालयमा भेटेर डाक्टरहरूको प्रतिनिधि मण्डलले मधेसको महिलाबाट सिंहलाई डीआईजी बनाउनु गृहमन्त्रीको प्रसंशनीय काम भएको भन्दै धन्यवाद दिएका हुन्।
पाटन स्वाथ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. भरत यादव, डा. अरुणकुमार सिंह, डा. अनुज सिंह, डा. शिव बस्नेत, सुधिरकुमार सिंह, दिपककुमार साह, निरजदेव जोशी, संञ्जिवकुमार मिश्रसहितको टोलीले गृहमन्त्री खाणलाई भेटेर सिंहलाई डीआईजीमा बढुवा गरेर सरकारले मधेसी महिलाको सम्मान गरेको र क्षमताको कदर गरेको बताएको हो।
‘सरकारले सिंहलाई डिआइजीपीमा बढुवा गरेर मधेसी महिलाको सम्मान गरेको छ। सिंहको क्षमताको कदर गरेको छ,’ गृहमन्त्रीसँगको भेटमा डा.यादवले भने। प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेकी सिंह प्रहरीमा अब्बल मानिन्छिन्। उनी प्रजातन्त्र सेनानी केदारप्रसाद सिंहकी आफन्तसमेत हुन्। सिंह एसएसपीमा पनि सिनियर थिइन्।