काठमाडौँ- नेपालमा कुल जनसंख्याको ५० दशमलव ५ प्रतिशतले कोभिडविरुद्धको पहिलो डोज लगाएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार बुधबारसम्म पूर्ण डोज लगाउने ३७.८ प्रतिशत छन्। लक्षित जनसंख्याको ७८ प्रतिशतले एक डोज र ५८ प्रतिशतले पूर्ण डोज पाएका छन्। बुधबार २ लाख १४ हजार ५७ जनाले खोप लगाएका छन्।
पुस २६ मा २ लाख १० हजार ५९४, २५ गते ४५ हजार ४९३, २४ गते २ लाख ४३ हजार ४६०, २३ गते २ लाख ६३ हजार ३७१, २२ गते ३ लाख १६ हजार ७७४ र २१ गते २ लाख ४६ हजार ३८५ ले खोप लगाएका थिए।
पुस १२ गते एकैदिन सबैभन्दा धेरै ५ लाख ६८ हजार ३१९ ले खोप लगाएपछि सरकारले दैनिक पाँच लाखलाई कोरोनाविरुद्धको खोप लगाउने लक्ष्य सार्वजनिक गरेको थियो। पुस मसान्तसम्म कुल जनसंख्याको ६६ प्रतिशत र चैत मसान्तसम्म सम्पूर्ण नेपालीलाई खोप दिने सरकारको लक्ष्य छ। यो लक्ष्य हालसम्म बागमती र गण्डकी प्रदेशले हासिल गरेका छन्।