काठमाडौं- उपत्यकाका तीन जिल्लामा आज एक हजार ५३८ नयाँ संक्रमित थपिएका छन्। काठमाडौँमा एक हजार १२८, ललितपुर २३६ र र भक्तपुरमा १३४ सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। नयाँ संक्रमिततमध्ये नौ हजार ५१ को पीसीआर र तीन हजार ९८५ को एन्टीजेन विधिबाट परीक्षण गरिएको थियो।
पछिल्लो २४ घण्टामा १३ हजार ३६ को नमूना परीक्षण गरिएको थियो। नौ हजार ५१ ले पीसीआर र तीन हजार ९८५ ले एन्टीजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। यो अवधिमा जम्मा परीक्षणमध्ये सङ्क्रमणदर २७ प्रतिशत छ। हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ११ हजार ६९० रहेको छ। पछिल्लो २४ घण्टामा कोरोनाबाट दुई जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
हाल भेन्टिलेटरमा रहनेको संख्या जम्मा २२ र आइसियुमा ८७ जना रहेका छन्। होम आइसोलेसनमा १० हजार ९१०, संस्थागत आइसोलेसनमा ८८० र संस्थागत क्वारेन्टिनमा ६९५ रहेका छन्। सरकारले खोप कार्यक्रम विस्तारमा लागेको मन्त्रालयका प्रवक्ता डा सङ्गीता मिश्राले बताइन्।