काठमाडौं- मेडिकल अध्ययनको लागि बंगलादेश जाने क्रममा एक नेपाली विद्यार्थीको नगदसहित महत्वपुर्ण सामान चोरी भएको छ। मंगलवार दिउसो १:४५ बजेको हिमालयन एयरलाइन्सको फ्लाइट नम्बर एच ९६७८ मार्फत ढाका जाने क्रममा नेपाली विद्यार्थी नित्या कार्कीको नगदसहित सामान चोरी भएको हो। उनिसँगै यात्रा गरेका उनका अरु साथीहरुको पनि लगेजको ताल्चा भाचिएको पाइएको छ।
ढाका पुगेर आफ्नो लगेज संकलन गरि डलर साट्ने क्रमममा लगेज च्यातिएको उनिहरुले थाहा पाएका थिए। उनिहरुले तत्काल स्थानीय प्रहरीलाई खबर गरेपनि उनिहरुले नेपालकै एयरपोर्ट चारी भएको हुनसक्ने बताएका थिए।
त्यसपछि उनिहरुले आफन्तमार्फत हिमालयन एयरलाइन्सको सिसिटिभी फुटेज हेर्न खोज्दा दिन नमानेको नेप्लिज मेडिकल स्टुडेन्ट्स बंगलादेशका अध्यक्ष नवीन यादवले बताएका छन्।
"डाउनलोड भएको छैन अर्को दिन आउनुस भनि फिर्ता पठाइयो"। उनले भनेका छन्, " हिमालयन एयरलाइन्सबाट भएको यस्तो लापरवाही कुनै जघन्य अपराध भन्दा कम छैन, यसको हामी घोर बिरोध गर्दछौं।"
यथाशिघ्र आवश्यक छानबिन गरि पिडित यात्री बिधार्थीको रकम ,सामान हस्तान्तरण गर्न उनले माग गरेका छन्। उनले छानविनमा सहयोग नगरे बंगलादेशमा अध्ययनरत सम्पूर्ण नेपाली बिद्यार्थीहरुले हिमालयन एयरलाइन्सलाइ बहिस्कार गर्न बाध्य हुने समेत बताए।
साथै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय,नेपाल नागरिक उड्डयन प्राविधिकरण र सम्बन्धित निकायलाई घटनाबारे ध्यानाकर्षण गराएका छन्।