काठमाडौं- डाक्टर लिसा गौचन र नर्स बन्दना थापाको एघारौं तहमा बढुवा सिफारिस भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बढुवा समितिको सचिवालयले सूचना प्रकाशित गर्दै कार्यक्षमताको मूल्याङ्कन प्रक्रियाद्धारा हुने बढुवाको लागि सिफारिस गरिएको जनाएको छ।
डा गौचन एघारौं तह प्रमुख कन्सलटेण्ट प्याथोलोजिष्ट र नर्स बन्दना थापा एघारौं तह प्रमुख अस्पताल नर्सिङ प्रशासकमा सिफारिस भएका हुन्।
