काठमाडौं- नेपालमा कोरोना संक्रमण तिव्र रुपमा उकालो लागिरहेको छ। कोरोना बढेसँगै सरकारले खोप अभियान पनि रफ्तारमा बढाइरहेको छ।
राष्ट्रिय खोप सल्लाहकार समितिका अध्यक्ष प्रा.डा. रमेशकान्त अधिकारीले सबैजना सुरक्षित नभएसम्म कोहिपनि सुरक्षित नहुने भन्दै तीन वटा खोप लगाउदैमा स्वास्थ्य मापदण्ड पालना गर्न छाड्नु नहुँने बताउँछन्। मैले तीन वटा खोप पाइसके म सुरक्षति छु भनेर कसैले नसोच्न आग्रह गरेका छन्।
उनले खोपबाट सुरक्षित हुनको लागि आफ्नो गाउँघरका मान्छेहरुलाई खोप लगाउन अनुरोध गर्न समेत आग्रह गरेका छन्।उनले स्वास्थ्य मन्त्रालयको सामाजिक सञ्जाल मार्फत यस्तो सन्देश दिएका हुन्। ‘तपाई सुरक्षित हुनुहुन्छ तर, तपाई वरिपरिका मान्छेहरु संक्रमित छन् भने तपाईंलाई पनि यो रोग लाग्न सक्छ’ उनले भनेका छन्।