काठमाडौं- राष्ट्रिय सभाकी उपाध्यक्ष शशिकला दाहाललाई कोरोना संक्रमण भएको छ। दाहाललाई केही दिनअघि कोरोना संक्रमण भएको हो। उनको स्वास्थ्य अवस्था सामान्य छ। दाहालको कार्याकाल फागुन २० गते सकिँदैछ।
पछिल्लो समय माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत नेताहरूलाई कोरोना संक्रमण भएको छ। माओवादी केन्द्रको आठौं महाधिवेशनलगत्तै नेताहरूलाई कोरोना संक्रमण भएको हो।