काठमाडौं- नागरिकको जीवन रक्षाका लागि सरकार प्रतिबद्ध रहेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन्। पछिल्ला केही दिनयता कोरोना संक्रमणको दर निकै बढेको हुँदा संक्रमण नियन्त्रणका लागि सरकारले सम्पूर्ण संयन्त्र परिचालन गरिसकेको पनि उनले बताएका छन्।
‘पछिल्ला केही दिन यता कोरोना भाइरस संक्रमणको दर निकै बढेको छ। कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले सम्पूर्ण संयन्त्रहरु परिचालन गरिसकेको छ,’ मन्त्री कार्कीले बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन्, ‘नागरिकको जीवन रक्षाका लागि सरकार प्रतिवद्ध छ। खोप अभियान तीब्र गतिमा अगाडि बढेको छ।'
यसका साथै कार्कीले कोरोना रोकथामका लागि नागरिकलाई पनि स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गरेका छन्।