काठमाडौं– नुवाकोटको सञ्जिवनी पोलिक क्लिनिकमा कार्यरत डेण्टल सर्जन डा शसांक पाण्डेको मृत्यु भएको छ।
नुवाकोट घर भएका २६ वर्षीय डा पाण्डे बिहान ५ बजे सडकमा लडिरहेको अवस्थामा फेला परी त्रिशुली अस्पतालमा लगिएको थियो। अस्पतालमा पुग्नुअघि नै उनी मृत अवस्थामा रहेको अस्पतालका मेडिकल सुपरिटेन्टेन्ट डा दिपेन्द्र पाण्डेले बताए।
शब पोष्ट मार्टमका लागि आफन्तले काठमाडौं ल्याएको डा पाण्डेले जानकारी दिए।