काठमाडौं- नेकपा एमालेका महासचिव संकर पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको छ। कोरोना संक्रमण भएपछि पोखरेलले निर्धारित सबै कार्यक्रम स्थगित गरेको बताएका छन्।
'कोभिडको तेस्रो लहरबाट अछुतो रहन सकिएन। अबको केही दिन आइसोलेसनमा बस्नुपर्ने भो। निर्धारित सबै कार्यक्रम स्थगित गरियो।' उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।