काठमाडौं- एमभी दुगड ग्रुपका अध्यक्ष मोतीलाल दुगडले आफ्नो ७५ औँ जन्मदिन विभिन्न सामाजिक सेवा गरी मनाएका छन्। सो अवसरमा सञ्चालन गरिएको आँखा शिविरमा ६३ जनाको आँखाको निशुल्क शल्यक्रिया गरिएको दुगड ग्रुपले जनाएको छ।
विभिन्न ६ स्थानमा आयोजना गरिएको शिविरमा अधिकांश वृद्धवृद्धा लाभान्वित भएका छन्। शिविरमा ९५० जनाले आँखा जाच गरेका थिए, जसमध्ये ६० जनाको मोतियाविन्दुको र ३ जनाको आँखामा मासु पलाएकाहरुको सफल शल्यक्रिया गरिएको थियो।
उक्त शिविरमा ७० देखि ८० वर्षका वृद्धा बुवा आमाहरू बढी लाभान्वित भएका छन्। शिविरमा ९५० जनाले आँखा जाच गरेका थिए, जसमध्ये ६० जनाको मोतियाविन्दुको र ३ जनाको आँखामा मासु पलाएकाहरुको सफल शल्यक्रिया गरिएको थियो।
केहि अशक्त विरामीहरुलाई दुगड ग्रुपका कर्मचारीहरुले नै घरैबाट लाने र पुर्याउने सुविधा सेवा दिएका थिए। अध्यक्ष दुगड आफैंपनि उक्त शिविरमा दुई रात बसेर शिविरको प्रत्यक्ष अवलोकन र निगरानी गरेका थिए।
यस्तै, ६६६ युनिट रगत संकलन गरी वृहत रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ भने २५ जना आर्थिक रुपले कमजोर विद्यार्थीहरुलाई उच्चशिक्षा अध्ययनको छात्रवृत्ति घोषणा गरिएको छ।