काठमाडौं- नेपाल मेडिकल काउन्सिलको विशेष परीक्षा स्थागित भएको छ। देशमा बढिरहेको कोभिडका कारण परीक्षा स्थगित गर्नुपरेको आयोगले जनाएको छ।
काउन्सिलले आगामी माघ १४ र १५ गते स्नातकोत्तर तहको विशेष परीक्षा लिने भनेको थियो। काउन्सिल कर्मचारी र पदाधिकारीमा कोरोना संक्रमण संक्रमण पुष्टि भएपछि परीक्षा स्थगित भएको हाे।
"नेपाल सरकारको परिपत्र अनुसार तोकिएको समयमा सम्पन्न गर्न कठिनाई भएकोले प्राप्त आवेदनहरू कायमै राखि अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ", काउन्सिलको सुचनामा भनिएको छ।
हेर्नुहोस सुचना
