काठमाडौं- काठमाडौं मेडिकल कलेज र नोबेल मेडिकल कलेजका सञ्चालक सुनिल शर्मालाई विद्यार्थीहरुले कालोमोसो दल्ने प्रयास गरेका छन्। शिक्षा मन्त्रालयमा भएको छलफल सकेर फर्किने क्रममा विद्यार्थीहरुले शर्मालाई मन्त्रालयको मुख्य ढोकामा नै कालोमोसो दल्न प्रयास गरेका हुन्।
सो क्रममा शर्माको कपडामा कालो दलिएको छ। शर्मालाई माधव नेपाल नेतृत्व पार्टीको भातृसंस्था अनेरास्ववियुका विद्यार्थीहरुले कालोमोसो दल्ने प्रायस गरेका हुन्। शर्मालाई 'नमस्कार सर' भन्दै अगाडि बढेका चार-पाँच जना विद्यार्थीको समूहले कालोमोसो दल्ने प्रयास गरेका हुन्।
चिकित्सा शिक्षाको स्नातक तहको एमबिबिएस कार्यक्रममा विभिन्न शिक्षण संस्थाहरूमा विद्यार्थी भर्ना, शुल्क तथा नियमित पठन पाठनका सन्दर्भमा समस्या समाधानका निमित्त मन्त्रालयमा आज छलफल भएको थियो।