काठमाडौं- नेपालका ६ जिल्लामा ५ सयभन्दा बढी संक्रिय संक्रमित रहेका छन्। कोभिड बढेसँगे हुने जिल्लाको संख्या पनि बढ्न थालेको छ। संक्रिय संक्रमित ५ सयभन्दा बढी हुने जिल्लाको संख्या पनि बढ्न थालेको छ।
बिहीबारसम्म ५ जिल्लामा मात्रै ५ सयभन्दा बढी संक्रिय संक्रमित थिए। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार शुक्रबार सक्रिय संक्रमित ५ सयभन्दा बढी हुने जिल्लाको सूचीमा सुनसरी थपिएको छ।
सुनसरी थपिएसँगै सक्रिय संक्रमित ५ सयभन्दा बढी हुने जिल्लाको संख्या ६ पुगेको छ। मन्त्रालयको तथ्यांक अनुसार उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरसहित मोरङ, कास्की र सुनसरीमा ५ सयभन्दा बढी सक्रिय संक्रमित छन।
दुई सयभन्दा बढी उपचारार्थ संक्रमित रहेका जिल्लाहरूमा झापा, चितवान, मकवानपुर, नवलपरासी पूर्व, बाँके, रुपन्देही र कैलाली छन् । सून्य संक्रमित रहेका जिल्ला कुनै पनि नभएको मन्त्रालयले जनाएको छ ।