काठमाडौं- काठमाडौं मेडिकल कलेज (केएमसी)का संचालक सुनिल शर्माले सरकार र मेडिकल संचालकबीच भएको सहमतिमा फरक मत राखेका छन्।
शिक्षा मन्त्रालयमा शुक्रबार राखिएको सर्वपक्षीय बैठकमा उनले फरक मत राखेका हुन्। उनले चिकित्सा शिक्षा ऐनले व्ववस्था गरे अनुसार वैज्ञानिक ढंगले शुल्क निर्धारण नभएको भन्दै सहमतिप्रति फरक मत राखेका छन्।
बैठकमा विभिन्न कलेजका मालिक रहेका शर्माले मेडिकल कलेजको सुविधा र संरचनाअनुसार बढी शुल्क लिन पाउनुपर्ने अडान राखेका थिए। 'ऐनको भावना अनुरुप शुल्क निर्धारण हुनुपर्ने र यस शैक्षिक सत्रमा खालि रहेका ४ हजार सिटलाई सम्बोधन हुनेगरि पुन परीक्षा अथवा अन्य कुनै व्ववस्था गरी रिक्त सिट पुरा गर्न चिकित्सा शिक्षा आयोगले तत्काल पहल गर्नुपर्ने राय प्रस्तुत गर्दछु' उनले फरक मतमा भनेका छन्।
हेर्नुहोस शर्माको फरक मत:
तर बैठकमा आफ्नो फरक मत जाहेर गरेर शिक्षा मन्त्रालयको गेट बाहिर निस्किन नपाउँदै उनी आक्रमणमा परेका छन्।पाँच जनाको समूहमा शिक्षा मन्त्रालयको गेटमा पुगेका उनीहरुले सुरुमा शर्मालाई ‘नमस्कार सर’ भनेका थिए। लगत्तै शर्मामाथि मोसो दलिएको हो।
सुनिल शर्मा संचालक रहेको विराटनगरको नोबेल मेडिकल कलेज र सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले चर्को शुल्क असुलेको भन्दै विद्यार्थीहरुले चरणवद्ध आन्दोलन गरिरहेका छन्।
शुक्रबार मन्त्रालयमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको उपस्थितिमा भएको बैठकले चिकित्सा शिक्षा आयोगले तोकेभन्दा बढी शुल्क लिन नपाउनेसहित ५ वटा निर्णय गरेको थियो।
यस्तो छ मन्त्रालयमा भएको सहमति: