काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई कोरोना संक्रमण पुष्टि भएको छ।
उपाध्यक्ष विष्णु पौडेलले परीक्षणका क्रममा कोभिड संक्रमण पुष्टि भएकोले आजैबाट आइसोलेसनमा बसेको जनाएका छन्।
शनिबार उनले सामाजिक सञ्जालमा लेखेका छन्, 'परीक्षणबाट कोभिड संक्रमण पुष्टि भएको हुनाले आजैबाट स्वास्थ्यलाभको प्रतिक्षा सहित आइसोलेशनको यात्रा आरम्भ भयो।'
पछिल्लो समय नेपालमा कोरोना संक्रमितको संख्या दैनिक रुपमा बढिरहेको छ।
यसअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरुमा कोरोना संक्रमण भएको छ।