काठमाडौं– कोरोना भाइरस संक्रमणको जोखिम कम गर्न भन्दै सरकारले मनरोञ्जन क्षेत्र र रात्रिकालीन व्यवसाय बन्द गर्ने निर्णय गरेको छ।
मन्त्रिपरिषद्को बैठकले माघ १५ गते सम्मका लागि फिल्म हल र रात्रिकालीन व्यवसाय बन्द गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए।
सरकारले माघ १५ गतेसम्म चलचित्र हल, सबै प्रकारका रात्रिकालीन व्यवसाय र जिम हल तथा फुटसल बन्द गर्ने निर्णय गरेको हो।