काठमाडौं– सरकारले सबै प्रकारका आमसभा, जुलुस तथा भेला वा धेरे मानिस जम्मा हुने क्रियाकलाप माघ मसान्तसम्म सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ।
मन्त्रिपरिषद्को पुस ३० गतेको निर्णय अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले स्वास्थ्य मन्त्रालयलाई पत्राचार गर्दै सो निर्णय कार्यान्वय गराउन निर्देशन समेत दिएको छ। नेपालमा ओमिक्रोन भेरिएन्टको भाइरस सक्रिय भएसँगै संक्रमणदर बढ्दै गइरहेको छ।
कोरोना संक्रमणदर एकसातामै १० गुणा बढी भएपछि सरकारले यस्तो निर्णय गरेको हो।