काठमाडौं– सरकारले सबै प्रकारका व्यवसायहरुको अग्रपङ्क्तिको काउन्टरमा रही काम गर्ने र ग्राहकहरुलाई नियमित सेवा दिने कर्मचारीको हप्तामा दुईपटक एन्टिजेन परीक्षण गराउनुपर्ने नियम बनाएको छ।
पुस ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो। यसरी कर्मचारीको एन्टिजेन परीक्षण भने सम्बन्धित निकाय वा संस्थाले नै गराउनुपर्ने जनाइएको छ। यसरी परीक्षण गराई रिपोर्ट नेगेटिभ आएका व्यक्तिलाई मात्र काममा खटाउनुपर्ने सरकारको ओदश छ।
मन्त्रिपरिषद्को निर्णय अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले स्वास्थ्य मन्त्रालयलाई पत्राचार गर्दै सो निर्णय कार्यान्वय गराउन निर्देशन समेत दिएको छ। नेपालमा ओमिक्रोन भेरिएन्टको कोरोना भाइरस सक्रिय भएसँगै संक्रमणदर बढ्दै गइरहेको छ। कोरोना संक्रमणदर एकसातामै १० गुणा बढी भएपछि सरकारले यस्तो निर्णय गरेको हो।
सरकारले जुनसुकै सेवा वा क्षेत्रमा कार्यरत व्यक्तिमा कोभिड–१९ को चिह्न वा लक्षण देखिएमा अनिवार्य रुपमा पाँच दिन क्वारेन्टिनमा बस्ने र ५ दिनपछि कोभिड–१९ परीक्षण गरी रिपोर्ट नेगेटिभ आएमा मात्र काममा आउनुपर्ने नियम लागु गर्न समेत निर्देशन दिएको छ।