काठमाडौं- कोरोना संक्रमितको कन्ट्याक्ट ट्रेसिङमामा परेका सरकारी कर्मचारीले पाँच दिन बिदा पाउने भएका छन्।
ओमिक्रोन तेस्रो लहर रोकथाम तथा नियन्त्रणसम्बन्धी आदेश २०७८ जारी गर्दै सरकारले जुनसुकै सार्वजनिक संस्थाको पदाधिकारी वा कर्मचारी कोभिड-१९ बाट संक्रमित भएमा अस्पताल बसेको भए अस्पतालबाट डिस्चार्ज भएको तीन दिनसम्म तथा होम आइसोलेसनमा बसेकोमा सात दिनसम्मको लागि र कन्ट्याक्ट ट्रेसिङमा परेकोमा सम्बन्धित सुपरिवेक्षकको अनुमति लिई कोभिड १९ परीक्षण नगरेसम्म बढीमा पाँच दिनसम्मको लागि संचित वा पाउने बिदाबाट कट्टा नहुने गरी बिदा दिने जनाएको छ।