काठमाडौं- उपत्यकाका तीन जिल्लामा आज तीन हजार ३४७ नयाँ संक्रमित थपिएका छन्। काठमाडौँमा दुई हजार ५४५, ललितपुर ४७४ र भक्तपुरमा ३२८ सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ। नयाँ सङ्क्रमितमध्ये चार हजार ५३४ को पिसीआर र ४२७ को एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो।
पछिल्लो २४ घण्टामा १५ हजार १३१ जनाको नमूना परीक्षण गरिएको थियो। १२ हजार ५६२ जनाले पिसीआर र दुई हजार ५६९ जनाले एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। यो अवधिमा जम्मा परीक्षणमध्ये औषत सङ्क्रमणदर ३२ प्रतिशत छ। यही अवधिमा ४३५ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन्।
कोभिडविरुद्धको खोप लगाउनेको सङ्ख्या पछिल्लो २४ घण्टामा ५४ हजार ३१२ रहेको छ।