काठमाडौं- राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा श्रीराम तिवारीले जिम्मेवारी सम्हालेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तिवारीलाई राष्ट्रिय क्षयरोग केन्द्रको निर्देशकको रुपमा खटाएको थियो।
डा तिवारी केन्द्रीय कारागार अस्पतालमा कार्यरत थिए। मन्त्रालयले उनलाई केन्द्रमा पठाउँदै कारागार अस्पतालमा राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रकी निर्देशक डा सुधा देवकोटालाई पठाएको छ।
डा तिवारीले केन्द्रमा पदभार ग्रहण गरेपछि छोटो प्रतिक्रिया दिँदै भने,- 'सरकारले दिएको जिम्मेवारी अनुसार क्षयरोग नियन्त्रणका लागि काम गर्नेछु।'