विराटनगर- प्रदेश नं १ मा पछिल्लो २४ घण्टाको अवधिमा ३४७ जनामा कोरोना संक्रमण भएको छ। सामाजिक विकास मन्त्रालयका अनुसार ६९५ जनाको पिसीआर परीक्षण गर्दा ३०४ र २५६ जनाको एन्टिजेन परीक्षण गर्दा ४३ जनामा संक्रमण देखिएको हो।
मन्त्रालयका अनुसार पिसीआर परीक्षणका आधारमा मोरङमा १६६, झापामा ५८, सुनसरीमा ५१, उदयपुरमा पाँच, ताप्लेजुङ र भोजपुरमा दुई दुई, खोटाङमा एक र प्रदेश बाहिरका १९ जनामा संक्रमण भएको हो। प्रदेशमा आज सात महिलासहित २१ जना कोरोना संक्रमणमुक्त भएका छन् भने सक्रिय संक्रमितको सङ्ख्या एक हजार ६८० रहेको मन्त्रालयले जनाएको छ।