वीरगञ्ज- वीरगञ्ज महानगरपालिकाले माट्रिका आइ फाउन्डेसनको आर्थिक एवं प्राबिधिक सहयोगमा मोतियाबिन्दुकोे निःशुल्क उपचार सेवा सुरु गरेको छ। चालु आर्थिक वर्ष ०७८/०७९ मा करिब दुई हजार ५०० बिरामीको शल्यक्रिया गर्ने नगरले जनाएको छ।
३२ वटै वडाका मोतियाबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया गरिने महानगरपालिकाले जनाएको छ। महानगरपालिको यसअघि पनि मेयर कल्याणकारी कोषबाट झण्डै एक हजारको निःशुल्क आँखाको उपचार गराइसकेको बताइएको छ। रासस