काठमाडौं- विश्व मर्करीमूक्त दन्त चिकित्सा सञ्जाल (डब्लूएएमएफडी) ले नेपालका वातावरण वैज्ञानिक राम चरित्र साहलाई पुरस्कार प्रदान गरेको छ। जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्रका प्रमूख कार्यकारी निर्देशक साहलाई प्रदान गरिएको उक्त पुरस्कार एसियाकै पहिलो हो।
अमेरिकाको वासिङ्गटन डिसीस्थित विश्व मर्करीमूक्त दन्त चिकित्सा सञ्जालले मर्करी मूक्त दन्त चिकित्सा एवं मर्करीमूक्त स्वास्थ्य सेवा प्राप्त गर्न निकै प्रभवशाली भुमिका खेलेका गैर सरकारी संस्थाका प्रमूख कार्यकारी निर्देशक र पहिलो हुने देशलाई प्रदान गरेको हो। नेपाल एसियामै मर्करीमूक्त दन्त चिकित्सा सेवा उपलब्द्ध गराउने पहिलो राष्ट्र भएको छ।
निकै संघर्षशिल एवं चुनौतीपूर्ण र वर्र्षाैसम्मको लगातार प्रयास, पहल एवं अनुसन्धानमा आधारीत पैरबीको फलस्वरुप नेलालको स्वास्थ्य क्षेत्रबाट घातक मर्करी उन्मूलन गर्न राम चरित्र साहले गरेका प्रयासहरुको उच्च मल्यांकन गर्दै उक्त पुरस्कार प्रदान गरेको विश्व मर्करीमूक्त दन्त चिकित्सा सञ्जालका अध्यक्ष चार्लि ब्राउनले बताए। उनले राम चरित्र साहले नेपाली जनता र नेपालको वातावरण संरक्षणार्थ गरेको वर्षौसम्मको सेवा र योगदान वापत पुरस्कार प्रदान गरिएको भन्दै साहको प्रशंसा गरे।