काठमाडौं– कारोना संक्रमण दर बढ्दै गएपछि परीक्षणको दायारा बढाउन सरकारले कोरोना परीक्षण किट खरिद गर्दैछ।
स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाका निर्देशक डा रुद्र मरासिनीका अनुसार सरकारले कोरोना परीक्षण गर्न पीसीआर र र एन्टिजिन किट खरिद गर्न लागेको हो।
सरकारले ६ लाख पीसीआर किट र ३ लाख वटा एन्टिजेन किट खरिद गर्न प्रक्रिया अघि बढाइसकेको उनको भनाइ छ।
विमानस्थल तथा भारतीय सीमानाकाहरुमा एन्टिजिन परीक्षण बढी मात्रामा गर्ने सरकारको तयारी छ।
कोरोना संक्रमण दर बढ्दै गएसँगै परीक्षणदर पनि बढाउदै गएको डा मरासिनीले जानकारी दिए। स्वास्थ्य मन्त्रालयको तथ्यांकका अनुसार सोमबार देशभर १७ हजार ४६५ जनामा कोरोना परिक्षण गरिएको छ। जसमध्ये १४ हजार १४ जनाको पिसिआर र ३ हजार ४५१ जनाको एन्टिजिन विधिबाट कोरोना परीक्षण गरिएको छ।
नेपालमा कोरोना संक्रमण दर दैनिक बढ्दै गइरहेको छ। सोमबार मात्र ६ हजार ७३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।