काठमाडौं– काठमाडौंका विभिन्न १९ र ललितपुर महानगरका ८ गरी २७ स्थानबाट कोरोना भाइरसविरुद्धको खोपको बुस्टर मात्रा दिन थालिएको छ। काठमाडौंमा आजदेखि खोप दिइएको छ भने ललितपुर महानगरमा भने भोलि मंगलबारबाट दिन लागिएको छ।
तत्कालका लागि अग्रपंक्तिमा काम गर्नेहरुलाई बुस्टर मात्रा दिइनेछ। अहिले खोप सञ्चालन भइरहेका काठमाडौंका १९ खोप केन्द्रबाट बुस्टर मात्रा लगाउन सकिने स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ। यस्तै ललितपुर महानगरले पनि भोलिबाट ८ वटा अस्पतालबाट बुस्टर मात्रा दिइने जनाएको छ।
बुस्टर मात्रा लगाउन दुवै मात्रा खोप लगाएको कम्तीमा ६ महिना पूरा हुनुपर्नेछ। यस्तै, यसअघिको खोप कार्ड पनि अनिवार्य लैजानु पर्नेछ।
यी केन्द्रमा लगाइन्छ बुस्टर डोज
काठमाडौंमा
सशस्त्र प्रहरी बल अस्पताल बलम्बु
सहिद मेमोरियल अस्पताल कलंकी
वीरेन्द्र सैनिक अस्पताल छाउनी
लोट्से भवन नयाँ बसपार्क
नेपाल प्रहरी अस्पताल महाराजगन्ज
त्रिवि शिक्षण अस्पताल
वीर अस्पताल
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु
बयोधा अस्पताल बल्खु
प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथली
निजामती अस्पताल नयाँबानेश्वर
एपेक्स पोलिक्लिनक जडिबुटी
काठमाडौं मोडल अस्पताल प्रदर्शनीमार्ग
पिपुल्स डेन्टल कलेज एन्ड हस्पिटल सामाखुसी
जनमैत्री अस्पताल बालाजु
नर्भिक अस्पताल थापाथली
शुभेच्छा अस्पताल सीतापाइला
नोबेल अस्पताल सिनामंगल
ग्रान्डी अस्पताल
ललितपुर महानगरपालिकामा
सर्वाङ्ग अस्पताल
स्टार अस्पताल
अल्का अस्पताल
निदान अस्पताल
बिएन्डबी अस्पताल
मेडिसिटी अस्पताल
सुमेरु अस्पताल