काठमाडौं- उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासका न्यायाधीशसहित २३ जनामा कोरोना संक्रमण देखिएको छ। न्यायाधीशसहित कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टी भएपछि सेवामा संकुचन कायम गरिएको रजिष्ट्रार गजेन्द्रबहादुर सिंहले बताए।
रजिष्ट्रार सिंहकाअनुसार उच्च अदालत जनकपुर मातहतको वीरगञ्ज इजलासका न्यायाधीश सीताराम मण्डल, रजिष्ट्रार गजेन्द्रबहादुर सिंह, उपरजिष्ट्रार केशवप्रसाद पौडेलसहित २३ जनालाई कोरोना संक्रमण पुष्टी भएको हो । संक्रमण पुष्टी हुनेमा ६ जना शाखा अधिकृत, ७ जना नायब सुब्बासमेत रहेका छन् ।
संक्रमण पुष्टी भएपछि अत्यावश्यकबाहेक सेवा रोकिएको छ।