काठमाडौं– निर्वाचन आयोगका दुई जना आयुक्तलाई कोरोना संक्रमण भएको छ। निर्वाचन आयुक्तद्वय ईश्वरीप्रसाद पौड्याल र डा जानकी कुमारी तुलाधरलाई कोरोना संक्रमण पुष्टि भएको हो।
दुई आयुक्तलाई कोरोना संक्रमण भए पनि सुरक्षित रुपमा नै निर्वाचन आयोगले आफ्ना कार्यक्रम गरिरहेको जनाएको छ। उनीहरू होमआइसोलेसनमा छन्।