काठमाडौं– काठमाडौं उपत्यकामा ५ हजार ५४९ जना कोरोना संक्रमित थपिएका छन्। गत २४ घण्टामा एन्टिजेन र पीसीआर विधिबाट गरिएको परीक्षणबाट उपत्यकाका ३ जिल्लामा मंगलबार थप ५ हजार ५४९ जनामा संक्रमण पुष्टि भएको हो।
मंगलबार देशभर १० हजार २५८ जना कोरोना संक्रमित थपिएकोमा आधाभन्दा बढी उपत्यकाका तीन जिल्ला ९काठमाडौं, ललितपु र भक्तपुर०का छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा सबैभन्दा बढी काठमाडौं जिल्लामा ४ हजार ४ जना संक्रमित थपिएका छन्। यस्तै, ललितपुरमा ९७५ र भक्तपुर जिल्लामा ५७० संक्रमित थपिएका मन्त्रालयले जानकारी दिएको छ।
मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या २४ हजार ५७६ पुगेको छ। देशभरका सक्रिय संक्रमितमध्ये काठमाडौं उपत्यकाका मात्रै आधाभन्दा बढी छन्। हाल देशभर ३९ हजार ४४ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जानकारी दिएको छ।