काठमाडौं- नेकपा एकीकृत समाजवादी निकट नेपाल निजामती कर्मचारी युनियन स्वास्थ्य विभागीय कार्य समिति पुनर्गठन भएको छ। स्वास्थ्य राज्यमन्त्री भवानीप्रसाद खापुङको उपस्थितिमा राष्ट्रिय ट्रमा सेन्टरमा आयोजित भेलाले समिति पुनर्गठन गरेको हो।
भेलाले राजकुमार पोखरेलको अध्यक्षतामा निर्विरोध कार्यसमिति पुनर्गठन गरेको छ। कार्यसमितिको महिला उपाध्यक्षमा चित्राकुमारी तिवारी, उपाध्यक्ष धनवहादुर सुनार, सचिव सरोज अधिकारी, सहसचिव कृष्णप्रसाद घिमिरे र कोषाध्यक्षमा रामप्रसाद जैसी निर्विरोध निर्वाचित भएका छन्।
यसैगरी, सदस्यहरुमा अगरबहादुर रोकाया, हिमांशुकुमार मिश्रा, सुरेन्द्र ठाकुर, सरिता ढकाल, देवका बस्नेत, सन्तोष सुवेदी, वविता शर्मा, उर्मिला कार्की, सञ्जीव ठाकुर, निलु धामी, सुमन झा, केशव काफ्ले र रुपमा राना निर्वाचित भएका छन्।