काठमाडौं– जिल्ला प्रशासन कार्यालय ललितपुरले अत्यावश्यक बाहेकका सेवाहरु स्थगित गर्ने निर्णय गरेको छ। बिहीबारदेखि लागू हुने गरी सेवा स्थगित गरिएको प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले जानकारी दिए।
कोरोना संक्रमण बढ्दै गएको र कार्यालयका कर्मचारी पनि संक्रमित भएकाले अत्यावश्यक बाहेकका सेवा अनिश्चितकालका लागि स्थगित गरेको प्रशासनद्वारा जारी सूचनामा उल्लेख छ।
बिहीबारदेखि नागरिकता, नागरिकता प्रतिलिपि, संघ संस्था, नाबालक परिचय पत्र, राष्ट्रिय परिचय पत्र र राहदानीसम्बन्धी सेवा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले जानकारी दिए।
शान्ति सुरक्षा र मुद्दासम्बन्धी अत्यावश्यक सेवा भने नियमित रुपमा जारी रहने उनले जानकारी दिए।