काठमाडौं- कोरोना जोखिमलाई ध्यान दिँदै वायु सेवा संचालक संघले हवाई यात्रुहरूका लागि सुरक्षासम्बन्धी मापदण्ड अनिवार्य पालना गर्ने निर्णय गरेको छ ।
संघको बैठकले तय गरेका मापदण्डमा हवाईजहाजभित्र सेनिटाईजरको व्यवस्था गर्नु पर्ने, प्रत्येक उडानपछि जहाज र व्यागेज निसंक्रमित गर्नुपर्ने, चेक-इन, बोडिङ्ग, व्यागेज क्लेम गर्ने स्थान तथा प्रतीक्षालयमा भीडभाड हुन नदिने र विमानस्थल प्रवेश गर्दा कोरोना खोप लगाएको प्रमाण देखाउनुपर्नेलगायत छन्।

