काठमाडौं- नेपालमा ११ हजार २४७ जनाले कोभिडविरुद्धको अतिरिक्त मात्रा (बुस्टर डोज) लगाएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबारसम्म ११ हजार २४७ जनाले बुस्टर डोज लगाएका छन्।
सरकारले अग्रपंक्तिमा गर्ने व्यक्तिलाई माघ २ गतेदेखि बुस्टर डोज दिन थालेको हाे। ‘बुस्टर’ डोज कोरोना भाइरसविरुद्धको पूर्ण मात्रा खोप लगाएका छ महिना पूरा भएका व्यक्ति, अग्रपङ्क्ति र ६० वर्षभन्दा माथिका तथा रोग प्रतिरोधात्मक क्षमता कम भएका सबैलाई दिइनेछ।
हालसम्म एक करोड ६० लाख लाख बढीले कोरोनाविरुद्धकाे खोपको पहिलो मात्रा लगाएका छन्। हालसम्म १ करोड २४ लाख बढीले दुबै डोज खोप लगाएका छन्।