काठमाडौं– काठमाडौं उपत्यकामा बढ्दो कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य मापदण्डको अनिवार्य पालना गर्न र घरबाहिर निस्कँदा अनिवार्य मास्कको प्रयोग गर्न ट्राफिक प्रहरीले पनि अभियान थालेको छ।
ट्राफिक प्रहरीले सार्वजनिक सवारी साधनका चालक, सहचालक तथा यात्रुलाई अनिवार्य मास्कको प्रयोग गर्न अनुरोध गर्दै सवारी साधनमा सूचनामुलक स्टिकर टाँस गरेको छ।
काठमाडौं मल अगाडि ट्राफिक प्रहरी महाशाखाका प्रमुख, वरिष्ठ प्रहरी उपरीक्षक उमेश राज जोशी, यातायात व्यवसायी तथा पदाधिकारी र अन्य प्रहरी अधिकृतहरुको उपस्थितिमा‘सवारी साधनमा चढ्दा अनिवार्य मास्कको प्रयोग गरौं’भन्ने सचेतनायुक्त स्टिकर टाँस गरिएको हो।
कार्यक्रममा बोल्दै एसएसपी जोशीले कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रण गर्न अपनाउनुपर्ने स्वास्थ्य मापदण्ड र साबधानीका उपायहरुलाई पूर्ण पालना गर्न अनुरोध गरे। उनले ुट्राफिक प्रहरीको चाहना, स्वस्थ र सकुशल यात्राको कामनाु भन्ने मूल अभिप्रायका साथ सुरु गरिएको सचेतना अभियानले संक्रमण नियन्त्रणमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
यातायात क्षेत्र उच्च जोखिममा रहने हुनाले बेलैमा स्वास्थ्य मापदण्डको पूर्ण पालना गरेर मात्र चलायमान गराउनुपर्ने महाशाखाको अनुरोध छ।
ट्राफिक प्रहरीले सवारी साधनमा यात्रा गर्दा मास्कको प्रयोग भए(नभएको अनुगमन गर्दै मास्क नलगाएको पाइए सम्झाइबुझाइ गरि मास्क समेत वितरण गर्ने गरेको छ।